संजय कुशवाहा
नवलपरासी । जिल्ला स्तरिय निबन्ध लेखन तथा चिक्त्रकला प्रतियोगीता गठीपरसौनी ४ मा सम्पन्न भएको छ ।
मिसन नवलपरासीको आयोजनामा आयोजित प्रतियोगीतामा जिल्लाका करिब १७ समाबेशी विघ्यालयहरुको ५२ विध्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।
प्रथम,दितिृय,र त्रितिृय हुनेहरुले मायाको चिनो,मेडल तथा प्रमाण पत्र प्राप्त गरेको प्रतियोगीताको संयोजक घनश्याम चौधरीले बताउनु भयो।
त्रिभुवन उच्च मा।वि।का पुर्व प्रधानाचार्य सत्यदेव पाण्डेको प्रमुख अथित्यता तथा ग्यालेक्सी एजुकेशनका प्रधानध्यापक हिरालाल कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा परिवर्तन शिल समाजसेवी विध्यालय संगठन नवलपरासीको अध्यक्ष उमाकान्त गिरी, शैलेस कुशवाहा चन्द्रभान कुशवाहा ,सुरज अधिकारी, सुरेन्द्र हरिजन,रिकुं कुशवाहा लगायत हरुको उपस्थिती रहेको थियो ।