काठमाडौं, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराए ।
छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताएको र आवश्यक परेमा सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको जानकारी सभामुख घर्तीले राष्ट्रपतिलाई गराए ।
राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर दलीय सहमति जुटाउन संयोजनकारी भूमिका खेल्दै संसद्का गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गरेकि छिन् ।