Indrenionline.com

गजल : सिब सहयात्री

सुन्नु भो कतारमा नेपाली झुन्डीएर मर्यो  रे
दुबईमा अर्कोभाईले आत्माहत्या गर्यो  रे

तपाईलाई थाहाभयो  होला हिजो मात्रै
साउदीमा सानोभाई बिल्डिंङबाट झर्यो  रे

लेबनानमा अस्ति रुदैथिइन अर्कीचेली
उनकोपनी घरमालिक बलत्कारी पर्यो  रे

धन्न बांचेरआईस बाबा आमा भन्नुहुन्छ
सुमसुम्याउदै अबदेखि मेरोदसा टर्यो  रे

बिदेसबाट निर्दोस लास माथि लास झर्दा
सागरमाथा लाजले चाईना तिर सर्यो अरे