काठमाडौ १६ मंसिर । निलम्वित अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिलाई सदर गर्ने निर्णयमाथि परेको पुनरावेदन मुद्दामा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च प्रशासनले नै पेस गरेको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई, नासु भेषराज अर्याल र सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्रीमाथि पनि कारबाहीको प्रस्ताव गरिएको थियो ।
त्यसबाहेक कार्कीसहित ४ जनाविरुद्ध म्याद तामेलीमा गरेको अवरोध र लोकमान तथा कृषि विकास बैंकका अध्यक्ष प्रमोद कार्कीले वारेस राख्न दिएको निवेदन पनि साप्ताहिक पेसी सूचीमा छ ।