एजेन्सी, १५ मंसिर । कोलम्बियामा ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु रहेको जहाज मंगलबार बिहान दुर्घटना भएको छ । कोलम्बियाको बोलिभियाबाट उडेको चाटर्ड जहाज मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापोकोएन्सेका सदस्यसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । दुर्घटनामा केही मानिस बाँचेको हुन सक्ने अनुमान गरिएको छ ।