दैलेख, १४ मंसिर । दैलेखमा ११ वटा स्थानीय तह रहने गरी भएको सीमांकन प्रस्तावमा असहमत पक्षले मंगलबारदेखि अनिश्चितकालिन दैलेख बन्द गरेका छन् ।
मंसिर ८ गते स्थानीय प्रशासन र सीमांकन निर्धारण गर्ने जिल्ला प्राविधिक समितिसँग भएको सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएकाले बन्द गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताए ।