Indrenionline.com

डा. गोविन्द केसी आन्दोलनलाई विप्लवको समर्थन

काठमाडौं, १४ मंसिर । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका डा. गोबिन्द केसीलाई विप्लव माओवादीले पनि समर्थन गर्ने भएको छ ।

अनसन बसेको १७ दिन हुँदा पनि केसीका मागका बारेमा सरकार गैरजिम्मेवार बनेको भन्दै विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले आन्दोलन चर्काउने घोषणा गरेको छ ।

केसीको पदचाप पछ्याउँदै अखिल क्रान्तिकारीले आज राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । सर्वसाधारण जनताका छोराछोरी तिर्न नसक्ने गरी मेडिकल शिक्षा शुल्क तोकेको भन्दै उसले सरकारले एमबीबीएस अध्ययनको लागि ३५ लाख तोकेर मेलिकल शिक्षाको जनताको पहुँचबाट टाढा पुर्याएको बताएको छ ।