काठमाडौं, १४ मंसिर । कांग्रेसले दश राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।
नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए । खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ छन् ।
उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लगाउन र प्रधानमन्त्रीलाई नाम बुझाउने जिम्मा सभापति शेरबहादुर देउवाले आइतबार नै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका थिए । मन्त्री निधिले प्रधानमन्त्रीलाई नाम बुझाउने र सोमबार नै शपथ लिने तयारी भए पनि हुन सकेन ।