दिल्ली, १३ मंसिर । भारतले विश्वकै सबैभन्दा अग्लो मन्दिर निर्माण अभियान अघि बढाएको छ । उत्तर प्रदेशको वृन्दावनमा विश्वकै सबैभन्दा अग्लो धार्मिक भवन चन्द्रोदय मन्दिरको निर्माण शुरु भएको हो ।
कृष्ण भक्तहरुको यो मन्दिरको डिजाइन तयार गरिएको छ । मलेसियाको पेट्रोनास टवर, ताइवानको ताइपेइ १०१ र विश्वकै सबैभन्दा अग्लो साउदी अरबको जेद्दा टावरको निर्माण गरिसकेको थ्रोनटन टोमासेट्टी नामको संस्थाले यो गगनचुम्बी मन्दिर बनाउने जिम्मा पाएको छ।
मन्दिरको निर्माण कृष्ण भक्तहरुको संगठन इस्कोन बैंगलोरले गराइरहेको छ। समाचार अनुसार रकेटको आकारको यो चन्द्रोदय मन्दिर भूकन्प प्रतिरोधी हुनेछ । यसको निर्माणमा ४५ लाख घन फिट कङ्क्रिट र करिब साढे २८ हजार टन ढुङ्गाको प्रयोग गरिँदैछ ।