पर्सा, १३ मंसिर । कृषि विकास बैंक शाखा कार्यालय लिंक रोड वीरगञ्जबाट आइतबार राति लाखौँको सुनचाँदी चोरी भएको छ । बैंकबाट ९८ तोला सुन र ७ सय ४५ ग्राम चाँदी चोरी भएको शाखा प्रबन्धक नारायण शर्माले जानकारी दिए ।
प्रहरीले बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोधपुछकालागि नियन्त्रणमा लिएको छ । क्षेत्रीय कार्यालयमा हुनु पर्ने साँचोको बारेमा पनि खोजबीन भइरहेको प्रहरीले जनाएको छ ।