काठमाडौं, १३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारलाई दिएको १५ दिने अल्टिमेटम आज सकिँदै छ । मोर्चाले गत कात्तिक २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटेर २६ बुँदे माग सम्बोधन हुने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गर्न समयसीमा सहितको अल्टिमेटम दिएको हो ।
सरकारले भने राजनीतिक सहमति नजुटेसम्म तथा निर्वाचनमा मधेसी मोर्चाले भाग लिने विषयमा प्रतिबद्धता नआएसम्म संशोधन प्रस्ताव दर्ता नगर्ने बताएको छ । संशाधोन प्रस्ताव पारित नहुने अवस्थामा दर्ताको मात्र औचित्य नभएको भन्दै थप छलफल गरी प्रस्ताव दर्ताको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल जुटेका छन् ।