Indrenionline.com

कांग्रेस पदाधिकारी बैठक जारी, माओवादी पोलिटब्युरो बैठक बस्दै

काठमाडौं, १३ मंसिर । संविधान संशोधन प्रस्ताव अन्तिम समयमा आएर रोकिएपछि सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा छलफल गरी सरकारले संसदमा दर्ता गर्ने भनिएपनि दर्ता प्रक्रिया अगाडि बढ्न नसकेपछि दुई दल आन्तरिक छलफलमा जुटेका हुन् । सोही विषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक सिंहदरबारमा जारी रहेको छ भने माओवादी केन्द्रको पोलिटब्युरो बैठक सोमबार अपरान्ह ३ बजेदेखि शुरु हुँदैछ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी कांग्रेस पदाधिकारी बैठकमा पूर्व पदाधिकारीहरुको समेत उपस्थिति छ । बैठकमा संविधान संशोधन प्रस्तावको विषयमा छलफल भइरहेको एक पदाधिकारीले बताए । यसअघि कांग्रेस सभापति देउवाले आइतबार नै संविधान संशोधन प्रस्ताव दर्ता हुने दाबी गरेका थिए ।