राजविराज, १२ मंसिर । जिल्ला प्रशासन कार्यालयमा आज मध्यन्न बम फेला परेको छ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतम बस्ने कार्यालय अगाडि झोलामा राखिएको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
कृष्ण दल गणका सह(सेनानी आशीष तामाङको नेतृत्वमा सेनाको टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिरहेको छ । तर मध्यान्ह साढे १२ बजे भेटिएको बम अझै निष्क्रिय पार्न सकिएको छैन । बम भेटिएपछि स्थानीयबासी त्रसित भएका छन् । बम राखिएको पाइएपछि कार्यालय परिसर र वरपरको क्षेत्र खाली गराइएको छ।