मंसीर ११, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय पोलिट्ब्यूरो बैठक एजेण्डामा प्रवेश गरी सोमबार सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पोलिट्ब्यूरो बैठकमा संगठनात्मक एजेण्डा प्रस्तुत गरिएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले सामसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै पार्टीलाई निर्वाचन केन्द्रित भएर अगाडि बढाउन प्रस्ताव गर्नुभएको बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । पोलिट्ब्यूरोको अर्को बैठक मंसीर १३ गते सोमबार बस्नेछ ।