काठमाडौ, ११ मंसिर । नेकपा माओवादी केन्द्रले अन्य दलहरुसँगको छलफल पछिमात्र संविधान संसोधनबारे आफ्नो धारणा बनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालय बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलहरुसँगको छलफल पछि मात्र पार्टीगत धारणा तय गर्ने निर्णय गरेको हो ।
सरकारले भोली दर्ता गर्ने तयारी गरेको संविधान संशोधन विधेयक पारितका लागि हरसम्भव प्रयास गर्ने बताएको माओवादी केन्द्रले बैठकबाट आवश्यक रणनीति समेत बनाउनेछ । संविधान संशोधनमा देखिएको विवाद र भावी रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको माओवादी केन्द्रको बैठक बसेको छ ।।