प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सिमांकनबारे संविधान संशोधन हुनै नसक्ने बताउनु भएको छ । रिपोर्टस क्लवमा भएको कार्यक्रममा उहाँले अहिले प्रदेशको सिमांकनबारे संशोधन गरिए त्यो संविधान विपरित हुने समेत जिकिर गर्नुभयो । उहाँले प्रदेशको सिमांकन संशोधन गर्ने हो भने पहिला प्रदेशको निर्वाचन गर्नुपर्ने जिकिर गर्नुभयो ।