पोखरा, ११ मंसिर । पोखराको दोविल्लामा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । पोखरा-१७ दोविल्लाबाट पिकनिक खाएर पृथ्बीचोक तर्फ फर्किंदै गर्दा ग १ च ४५८९ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना भएको हो ।
१२ जना घाइतेको नमस्ते अस्पताल र फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये २१ वर्षका रामानन्द चौधरीको अबस्था गम्भीर छ । जिप चालक रुपन्देहीका भोला भारती प्रहरीको नियन्त्रणमा छन् । जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
