मोरङ, ११ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । मोरङको हसन्दहमा आज नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले यस्तो भनेका हुन् ।
मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेको उनको भनाई थियो ।