काठमाडौं, ११ मंसिर । दशौँ पटक अनशनरत चिकित्सक डा।गोविन्द केसीसँग वार्ताका लागि सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ ।
सरकारले डा-केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उनको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताए । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिएका थिए ।