
सरस्वती गुरुङ
तिमी डोली चढ्नु पहिले, जहर पिलाई मारिदिनु ।
सवाल पक्कै आउँछ होला, बाहानामा टारिदिनु ।।
तिम्रो घरको बाटो हुँदै, मेरो लास बोकी लग्दा ।
तिम्रो नामको पूmल एउटा, लासमाथि पारिदिनु ।।
पराई घरमा तिमीलाई, पक्कै डर लाग्छ होला ।
बिरामीको बाहानामा, दुई छाक जुठो बारिदिनु ।।
आउन सक्छ, झझल्को आँखामा कहिलेकाहीँ ।
वर्तमानमै रमाउनु, अतितलाई पर सारिदिनु ।।
कटारी, उदयपुर