अछाम, ११ मंसिर । अछामको नाडा–८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।
लोपन्मुख जातिको रुपमा रहेको राउटे समुदायको उत्थानका लागि कपडा वितरण गरिएको हो । लामो समयदेखि नाडा–८ मा बसोबास गर्दै आएका ४१ घरपरिवारका एक सय ४९ जना राउटे लाई दुई लाख मूल्य बराबरको कोट, स्वेटर, टोपी, हुक्स लगायतका कपडा वितरण गरिएको हो । चिसचो चडिरहदा न्यानो कपडा पाउदा राउटेहरु खुसी भएका थिए ।