काठमाडौं, ११ मंसिर । पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपा र कमल थापा नृतृत्वमा रहेको राप्रपा नेपाल एउटै भएको एक साता वितेको छैन । तर, एकीकरणको एकसाता नवित्तै पार्टीभित्र बैचारिक विवाद शुरु भएको छ ।
एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष राणाले रोखेको पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएका थिए ।
‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारौं’ भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले ट्वीटसमेत गरेका छन् जसालाई थापा स्वयंले रिट्विट गरेका छन् ।