मंसिर १० – इजरायलमा भीषण आगलागी भएको छ । आगलागीबाट झण्डै ८० हजार मानिस विस्थापित भएका छन् । इजरायलको तेस्रो ठूलो शहर हाइफाको जंगलमा लागेको आगो बस्तीसम्म फैलिएको हो ।
आगालागीका कारण जेरुसेलम र इजरायलको दक्षिणी किनारको क्षेत्र पनि जोखिममा रहेका छन् । इजरायलका प्रहरी प्रमुख रोनी अल्साइचले आगो नियोजित रुपमा लगाएको हुन सक्ने बताए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस्तो आगलागीको घटनालाई आतंकवाद मानिने बताएका छन् ।