काठमाडौ १० मंसिर । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनसनमा बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु आजदेखि बहिरंग विभागका (ओपिडी) सेवामा सहभागी नहुने भएका छन् ।
एसोसिएसनले सरकारी उदासिनताप्रति खेदसमेत प्रकट गरेको छ । एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले स्वास्थ्य स्थिति दिनदिनै कमजोर हुँदै गएपछि बाध्य भएर विरोधका कार्यक्रम सार्वजनिक गरेको बताए ।