एजेन्सी, १० मंसिर । इराकको राजधानी बग्दाद नजिक भएको ट्रक बम आक्रमण्मा परि ७७ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । विस्फोटनमा परि ज्यान जानेमा धेरै शिया तिर्थयात्री रहेको सरकारी अधिकारीले बताएका छन् ।
आइएसका समाचार संस्था अमाकले भने विस्फोटमा दुई सय भन्दा धेरैको ज्यान गएको दाबी गरेको छ । तिर्थयात्री चढेका चारवटा बस कर्बलाबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको शोमाली गाउँमा रहेको पेट्रोल पम्पमा तेल हाल्न रोकिएका बेला विस्फोट भएको हो ।