काठमाडौँ, १० मंसिर । दिनदिनै बिजुलीको बिल र लोडसेडिङबाटबाट हैरान हुनुहुन्छ भने अब चाँडै नै यस समस्याबाट मुक्त हुने दिन आउँदैछन् । अबका केही वर्षमा तपाईंको घरको भित्तो र छतबाटै बिजुली निस्किने दिन आउँदैछ । तपाईँको घरमा लगाइने विशेष किसिमको रङ्गबाट अब बिजुली निकाल्न सकिने भएको छ ।
दक्षिण कोरियामा उल्शन नेशनल इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका खोजकर्ता जे सुङ्ग सनले भने, थर्मोइलेक्ट्रिक पेन्टिङ्गको उपयोग घर, कार र जहाज आदिमा खेर गइरहेको तापलाई उपयोग गरेर बिजुली निकाल्न सकिन्छ ।
उनले अगाडि भनेका छन्, ुउदाहरणका लागि गर्मीयाममा घरको छत तथा भित्ताको तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै हुन्छ । यदि हामीले घरको भित्तामा विशेष पेन्टको उपयोग गर्न सक्यौँ भने खेर गइरहेको इनर्जीलाई विद्युतीय शक्तमा बदल्न सक्छौँ ।