मंसीर १० , सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताउनु भएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले सिन्धुली जिल्लाको समग्र विकासका निम्ति आफ्नो ध्यान गएको वताउँदै सिन्धुलीमा सडक, पुल, खानेपानी, जलविद्युत, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका लागि पर्याप्त वजेटको व्यवस्था गरिने वताउनु भयो । उहाँले गरिवका लागि सरकार, जनता पेन्सन, युवा स्वरोजगार जस्ता कार्यक्रम एवम् ठूला परियोजनाहरुको सफल कार्यान्वयनका लागि आफै पहलकदमी लिइरहेको वताउनु भयो ।
सिन्धुलीसहित सबै जिल्लाका भुकम्प पीडितलाई तत्काल राहत दिइने वताउँदै प्रधानमन्त्रीले सिन्धुली जिल्लाका राजनीतिक दलहरुले संयुक्तरुपमा पेश गरेका जायज माग पूरा गर्ने वताउनु भयो ।
नेकपा (माओवादी केन्द्र) को आयोजनामा भएको सो जनसभामा माओवादी केन्द्रका नेता एवम् सांसद हरिवोल गजुरेल, पूर्व सांसद निरु दर्लामी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मासहित विभिन्न वक्ताहरुले बोल्नुभएको थियो ।