मंसीर ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिवार सिन्धुलीको मरिन क्षेत्रमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्रीले सिन्धुलीको महादेवस्थानमा प्रस्तावित कृषि क्याम्पसको जग्गा स्थलगत निरिक्षण गर्नुका साथै कपिलाकोट र कल्पबृक्ष जोड्ने ४०० मिटर लामो पक्की पुलको शिलन्यास गर्नुभएको छ । नेपाल सरकारको ४३ करोड ५० लाख लागतमा निर्माण हुन लागेको सो पुल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी प्रधानमन्त्रीले महादेवस्थानमा कृषि क्याम्पस स्थापनाका लागि आफ्नो तर्फवाट सहयोग हुने वताउनु भयो ।