काठमाडौं, ९ मंसिर । ललितपुरको ग्वार्कोस्थित एक युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ललितपुरको इमाडोलस्थित कृष्णमन्दिर पुग्दा मोटरसाइकलमा आएका तीन जना युवाहरुले युवतीको प्रेमीलाई कुटपीट गरी युवतीको अपहरण गरेका थिए ।
अपहरणमा संलग्न इमाडोलका प्रवेश थापा, निर्मल थापा र कास्कीका सुशील अर्याललाई प्रहरीले पक्राउ गरेको छ । अपरहणकारीले आफ्नै कोठामा लगेर युवतीलाई सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललितपुर प्रहरीले जनाएको छ ।