सोलुखुम्बु, ८ मंसिर । स्वास्थ्य संस्थाबाट छोरीलाई खोप लगाएर फर्कंदै गर्दा रुखले किचेर देउसा ५ सोलुखुम्बुकी शशीकला राईको ज्यान गएको छ ।
रुखले किचेर छोरी सामान्य घाइते भएकी छिन् । घाइते बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रुख काट्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।