अर्घाखाँची, ८ मंसिर । पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन । पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।
उनले तराईका जिल्लाबाट गुल्मी, पाल्पा र अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे आन्दोलनबाट त्यसको प्रतिकार गर्ने चेतावनी दिए । पहाड तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुक्त भएको बताउँदै उनले यसलाई टुक्राउन नहुने भ जिकिर गरे ।
नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताए । नेकपा ९माओवादी केन्द्र०का जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताए ।