एजेन्सी, ८ मंसिर । उज्बेकिस्तान एसियाली देश उज्बेकिस्तानको सबैभन्दा चर्चित अनुहार अर्थता पूर्व राष्ट्रपति इस्लाम करिमोभकी छोरी गुलनाराको हत्या भएको समाचार आएको छ।
गुलनारालाई वर्तमान राष्ट्रपति शौकत मिर्जियोभले नै मानसिक अस्पतालमा भर्ना गराएका थिए । यसको भित्री कारण भनेको बाबुको मृत्यु भएपछि उनी नै राष्ट्रपतिकी दाबेदार थिइन् । यसकै कारण शौकतले गुलनारालाई मानसिक अस्पतालमा भर्ना गरिदिएका थिए । गुलनारा एक समय सोभियत संघकी सबैभन्दा धनी महिलाहरुको टप टेनको सूचीमा पनि थिइन् ।
सन् २००० मा हार्वर्ड यूनिभर्सिटीबाट पढाई पुरा गरेपछि उनलाई विदेशी मामिलामा सल्लाहकार बनाइएको थियो । उनी उज्बेकिस्तानको विदेश राज्यमन्त्री पनि भएकी थिइन् । त्यसपछि उनी पप गायिका बनेर देशभर छाएकी थिइन् । गुलनाराको सुन्दरताका कारण उनलाई उज्बेकानिस्तानका मानिस‘प्रिन्सेस गुलनारा’को नामले बोलाउँथे ।