Indrenionline.com

दुर्घटनामा महिलाको ज्यान गयो

कपिलवस्तु, ८ मंसिर । तौलिहवा जितपुर सडकखण्डको जहदी चौकमा स्कुटर दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

लु २९ प ५७ नम्बरको स्कुटी चालक प्यूठान जिल्ला खलङ्गा–२ की २८ वर्षीय शान्ति रोक्कामगरको ज्यान गएको प्रहरीले जनाएको छ । अत्याधिक गतिका कारण जहदीचोक नजिकैको मोडमा स्कुटी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।