पोखरा, ८ मंसिर । कास्कीको कास्कीकोट लोरुकमा अल्ट्रालाइट दुर्घटना भएको छ । दुर्घटनामा रसियन पाइलट अलेक जेन्ठर क्याक्सीमोभको मृत्यु भएको छ ।
उड्ने क्रममा रनवेबाट २ सय मिटर पर जमीनमा अल्ट्रालाइट घस्रिन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । ह्याण्डग्लाइडिङबाट इन्जिन छोड्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।