मंसीर ७, भोजपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत आइतबार दिउँसो भोजपुर जिल्लाको सदरमुकाम भोजपुरमा आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मैले घटनाको जानकारी पाउनेबित्तिकै गृह मन्त्रालयलाई उद्दार र राहतका निम्ति निर्देशन दिएको थिएँ । आज आफै निरीक्षण गर्न आएको छु । सरकार तपाईहरुको साथमा छ, सरकारको तर्फबाट सकिने सहयोग र राहतको व्यवस्था हुन्छ, यसमा तपाईहरु ढुक्क रहनुहोला । यहीबाट स्थानीय प्रशासनलाई निर्देशित गर्दछु, तपाईहरुले पीडित र सरोकारवालाहरुलाई राखेर सरकारको तर्फबाट गर्न सकिने राहतको प्याकेजबारे प्रस्ताव गृह मन्त्रालयमार्फत् सरकारमा पठाउनुहोला ।’
गत आइतबार दिउँसो ४.४५ बजे सुनचाँदी पसलमा लागेको आगो बजारमा फैलदा ११ घर क्षतिग्रस्त भएका थिए । ८ पूर्ण र ३ आंशिक गरी ११ घर जल्दा करिब १० करोड २७ लाख बराबरको क्षति भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।