काठमाडौं, ७ मंसिर । सांसदहरुले आफ्नो तलब भत्तासहितका सुविधान बढाएको विरोधमा विद्यार्थी सङ्गठनहरु आन्दोलित भएका छन् । देशको अर्थतन्त्र कम्जोर रहेको अवस्थामा सांसदहरुले आफ्नो सेवा, सुविधा बढाएको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनमा उत्रने तयारी गरेका हुन् ।
भुकम्प र भारतीय नाकाबन्दीले जनताको आर्थिक अवस्था जर्जर भएका बेला सांसदहरुले आफ्नो सुविधा आफैं बढाउने गैरजिम्मेवारपूर्ण निर्णय गरेको भन्दै विद्यार्थीहरुले आक्रो पोखेका छन् ।
विद्यार्थी संगठनहरुले सांसदहरुको निर्णयविरुद्ध मंगलबार विज्ञप्ती निकालेर विरोध गर्ने, बुधबार शान्ति वाटिकामा प्रदर्शन गर्ने र सभामुख ओनसरी घर्ती रुसबाट फर्केपछि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् ।
विद्यार्थी सङ्गठनहरुको बैठका सत्तारुढ र प्रतिपक्षी सबै दलका विद्यार्थी सङ्गठनका नेताहरु उपस्थित थिए । बैठकमा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, राप्रविसंघका महासचिव महेश सिंह, अखिल क्रान्तिकारी ९विप्लव० का महासचिव दिपेन्द्र चलाउने, अखिल ९छैठौं० का अध्यक्ष विमल पोखरेल, मोहन वैद्य निकट अखिल क्रान्तिकारीका सहसंयोजक राम नेपाली, अखिल पाँचौका उपाध्यक्ष मिनकुमार शिवाकोटी र मधेसी विद्यार्थी फोरम ९लोकतान्त्रिक० का उपाध्यक्ष पारस चौधरी उपस्थित थिए ।