काठमाडौं, ७ मंसिर । भारतीय योग गुरु रामदेव मंगलबार काठमाडौं उत्रिएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंहले नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरेका छन् ।
रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन्। यसअघि २०७२ वैशाखमा काठमाडौंमा रामदेवले योग शिविर सञ्चालन गरेका थिए।