Indrenionline.com

गजल : तारा पराजुली

tara g

केही बोलेनौ भावुक बनी छुट्ने बेला
उस्तै उदास थिएँ म पनि छुट्ने बेला।

भिजेका आँखा अबरुद्ध गला लिएर
गयौ गएँसम्म नभनी छुट्ने बेला।

बढदो धडढ्कन भक्कानिएको आवाज
सम्झायौ आउने दिन गनी छुट्ने बेला।

जब यादहरु ब्युंझेर हेर्न थाले रित्तो बाटो
सम्झिरहें उही मनको घनी छुट्ने बेला।

अन्यौल थिए ताराआकाश मौन थियो
यस्तै यस्तै देखेथेँ सपनी छुट्ने बेला।