म्याग्दी– रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।
गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको हप्ता दिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।
शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् । विवाहित तिलीजाका दुई सन्तान रहेका छन् । रासस