Indrenionline.com

बम विस्फोट हुँदा एक जना घाइते

बारा, ६ मंसिर – बाराको गढीमाई नगरपालिका–१ पथलैयामा आज बम विस्फोट भएको छ । आज बिहान पौने १२ बजेतिर बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

स्थानीय शंकर लामाको घरको कोठाभित्र बम विस्फोट हुँदा गढीमाई नगरपालिका–१६ पिलुवाका ४२ वर्षका गोपीलाल श्रेष्ठ घाइते भएका हुन् । उनको देब्रे हात क्षतविक्षत भएको छ । उनको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताए ।

बम लिएर लामाको घर भित्र छिरेका श्रेष्ठको हातमै बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । लामाको घर पछाडिको स्थानमा अर्को एउटा कालो शंकास्पदा वस्तु पनि फेला परेको छ । प्रहरीले लामाको घर घेरा हालेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए ।