Indrenionline.com

स्कूलमा बम राखेको हल्लापछि भागदौड

बारा, ६ मंसिर । बाराको गढीमाईस्थित स्थानीय होली गार्डेन इंग्लिस स्कुलमा बम राखिएको हल्ला भएपछि आतंक मच्चिएको छ।

पुरै स्कूल खाली गराएर सुरक्षा फौजबाट सर्च भइरहेको छ। एक्कासी बमको हल्लाभएपछि बालबालिकाहरुबीच रुवाबासी र भागदौड चलेको थियो।

बमको हल्ला सुन्नसाथ बालबालिका लिन अभिभावकहरु दौडिदै विद्यालय पुगेका थिए भने विद्यार्थीहरु रोएका थिए । प्रहरीले विद्यालय बन्द गरी अनुसन्धान गरिरहेको छ ।