काठमाडौं, ६ मंसिर । पशुपति संशेर जवरा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालबीच आज एकता भएको छ । आजराजधानीस्थित प्रज्ञा भवन कमलादीमा एक समारोहकाबीच पार्टी एकताको घोषणा गरिएको हो ।
पार्टी एकतापछि राप्रपा नेपाल विलिन भएको छ । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ । एकतापछि राप्रपा नेपालका अध्यक्ष कमल थापा एकीकृत पार्टीका अध्यक्ष र संसदीय दलको नेता तथा भने राप्रपा अध्यक्ष पशुपति शमशेर राणा राष्ट्रिय अध्यक्ष बनेका छन् ।