काठमाडौं, ६ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र लोकतन्त्रको सुदृढीकरणका लागि सूचनाको हक आवश्यक रहेको बताएका छन् । आज सोमबार राष्ट्रिय सूचना आयोगको सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७३ को सार्वजनिक गर्दै प्रधानमन्त्रीले लोकतन्त्रको सुदृढीकरणका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
सार्वजनिकीकरण कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा। सोमलाल सुवेदी, राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा लगायतले सूचनाको हक र नेपाल सरकारका विभिन्न निकायहरुको कार्य प्रगति अवस्थाबारे जानकारी दिएका थिए । प्रतिवेदनमा नेपाल सरकारका ३१ वटै मन्त्रालयले सूचनाको हक कार्यान्वयनका सन्दर्भमा चालेका कदम र गरेका प्रगतिहरुको नतिजासमेत उल्लेख गरिएको छ ।