काठमाडौं, ६ मंसिर । नेकपा एमाले विनै संविधान संसोधन गर्ने माओवादी केन्द्रले तयारी गरेको छ । संविधान संशोधन र महाअभियोग प्रस्तावको विषयमा छलफल गर्ने माओवादी केन्द्रको आज सम्पन्न सचिवालयको बैठकबाट यस्तो निष्कर्षमा पुगेको हो ।
हिजो बसेको एमाले बैठकले संविधान संशोधनको कुनै औचित्य नरहेको बताएपछि माओवादी केन्द्रले एमाले बिना पनि संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।
माओवादी केन्द्रलाई अप्ठेरो पर्ने गरी एमालेले निर्णय गरेपछि माओवादी केन्द्रले नयाँ चुनौती सामना गर्नेगरी निर्णय गर्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । त्यस्तै महाअभियोग प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।