बाँके, ६ मंसिर । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुरानै संरचना अनुसार भएपनि स्थानीय तहको चुनाव गर्नुपर्ने बताएका छन् ।
चुनावका लागि संविधान संशोधन नभई चुनाव सम्बन्धी कानुन, ऐन र निर्देशन आवश्यक भएको उनले बताए । संविधान संशोधनको माग गरिरहेका मधेस केन्द्रित दल चुनावबाट भागे उनीहरुको पछि लाग्न नसकिने बताउँदै नेता नेपालले सकेसम्म उनीहरुलाई सहमतिमा ल्याउन भने पहल गर्नुपर्नेमा जोड दिए । नेता नेपालले अहिलेकै संरचना अनुसार भएपनि स्थानीय तहको चुनाव गर्नु पर्ने आफ्नो धारणा रहेको बताए ।
सिमाङ्कन हेरफेर गरेर गरिने संविधान संशोधन आम नागरिकलाई मान्य नभएको बताउँदै नेता नेपालले ५ नम्बर प्रदेशका पहाडी भूभाग अलग गरिए देशैभर आन्दोलनको सिर्जना हुने उनको भनाई छ ।