जनताले सहि र गलत छुट्याउन नसक्दा संबिधान जारी भएपनि संसोधन हुन नसकोको उनले बताए । अबको निर्बाचनमा जनताले नेता छान्दा चन्दा, भाषण र घोषणामा नभई सच्चा ब्यक्ति चुनेर पठाउनु पर्ने उनको धारणा थियो । फरक प्रशंगमा उनले मिडियाहरु छ्याप्छ्याप्ती भएकाले अस्वस्थ प्रतिस्पर्धा हुने गरेको दाबी गरे । उनले राजनीतिमा मात्र नभई मिडियाहरुमा पनि बाहिरी मुलुकको दवाव आउने गरेको जिकिर गरेका थिए । नेपाली मिडियालाई बिदेशी मिडियाले नियणत्रण लिन खोज्न प्रयास गरिरहेको उनको धारणा थियो ।
प्रालिका प्रबन्ध निर्देशक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले प्रान्तिय राजधानी दाङमा राख्न यहाँका सरोकारवाला निकायले पहल थाल्नु पर्ने बताए । प्रदेश नंबर पाँचको राजधानी राख्न घोराही र तुलसीपुरबासी बिबादित हुन नहुने उनले बताएका थिए । उनले भने ‘ तुलसीपुरबासीले तुलसीपुरमा राख्ने तथा घोराहीबासीले घोराहीमा राख्ने भन्ने किचलो हुने हो भने दाङमा नभई बाहिर जान्छ, त्यही भएर दाङमा हुनुपर्छ भन्ने आवाज उठाउनु पर्छ । ’ प्रालीका अध्यक्ष गिरी अध्यक्षताको आषणवाट बोल्दै पछिल्लो समय केवल च्यानलको भबिष्य धरापममा परेको दाबी गरेका थिए ।
‘कुनै समय केवल च्यानलमा बिज्ञापन कार्यलयमा आउने गर्थे ’उनले भने ‘ तर,पछिल्लो समय बजारमा खोज्न गएपनि नपाउने अबस्था सिर्जना भएको छ । ’ उनले रेडियो , च्यानल तथा होटेलबाट आएको आम्दानी मध्य १० प्रतिसत सामाजिक काममा लगाउने घोषणा समेत गरेका छन् । कार्यक्रममा प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनक प्रशाद खराल , नेकपा माओवादी केन्द्रका शेसुराम भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष सेवकराम भण्डारी, राप्ती अञ्चल सार्बजनिक वस ब्यबसायी समितिका अध्यक्ष शुरेस हमाल, महिला अधिकारकर्मी शुष्मा गिरीलगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रेडियो एसटीएनका समाचार सम्पादक गोपाल शर्मा भट्टराईले गरेका थिए ।
रेडियो एसटिएन स्थापन भएको चार महिना पछि आईतबार देखि औपचारीक रुपमा प्रशारणमा आएको हो । रेडियोको एक सामारोहका बिच नेपाल प्रेस काउन्सिल पुर्व अध्यक्ष नारायण प्रसाद शर्माले उद्घाटन गरेका हुन् ।
