गोविन्द खड्का
दाङ, ५ मंसिर । वाथ टप बाट भररर्र छर्किने पानीले नुहाउन मिल्छ । बारीमै फलेको तरकारी रोजिविनि खान पाईन्छ । उक्त सुविधा तुलसीपुरको बरुवा गाउँमा मुख्य सडकबाट करीव दुईसय मिटर दक्षिण गए भेटिन्छ ‘होटेल भ्याली भ्यू ईन्टरनेशनल प्यालेस’ राप्ती ब्रोडकाष्टिङ प्रालिले सञ्चालन गरेको छ ।
वाईफाई, तातोचिसो पानी नुहाउने पिउने । अर्डर गरेपछि मात्रै भेटिने ताजा खाना । तयारी गर्ने अधिकतम समय ४५ मिनेट । टेवुल र प्लेट व्यक्तिका रुची अनुसारका थकालि खानाका परीकार । त्यसको पहिलो आकर्षण कम मसालेदार । दोश्रो टेष्ट चाखेपछि मिठो । शत प्रतिशत अग्र्यानिक ।
पर्यटकिय स्थल घुम्ने वातावरण बनाईन्छ । प्रबन्ध निर्देशक गिरीका अनुसार गाडिको सम्पर्क रहन्छ । पर्यटकले चाहेमा पुरन्धाराको झरना, चमेरे गुफा, बाह्रकुने, धारापानी, अम्विकेश्वरी, बौद्धगुम्वा घोराही, बवईको चिसो हावाखान देखि ईच्छाएको ठाउ“मा लैजाने व्यवस्था गरीन्छ । फर्किदा गाडिको टिकट, वसपार्क लैजाने सुविधा पनि हुन्छ । पर्यटकलाई भिडियो मार्फत जानकारी पनि गराईन्छ । उनिहरुलाई जान हुटहुटि जागोस् । गिरीले भन्नुभयो ‘राप्तीको टुरिजम पोईन्ट बनाउने लक्ष्य हो ।’
खाना थकाली कसरी बन्छ ? यसको जवाफमा गिरीले भन्नुभयो, काठमाण्डौको घान्द्रुक थकालि घरमा तालिम लिएका किचन कुक छन् । बजारको सब्जी मण्डि बाट उखेरेको तरकारी पाक्दैन । गाउमा सम्पर्क गरेर आफुले खान उबाजेको बारी बाट ल्याईन्छ । भरपर्दा तरकारी पसल संग सम्पर्क राखिन्छ । दालहरु मनाङ, मुस्ताङ, कर्णालिका केहि जिल्ला र रुकुम रोल्पाको आउछ । ढिडो पनि पहाडको मकैको तयार गर्ने हो । अचार थरी थरीका चट्नी सिलौटोमा पि“धेको । त्यसपछि ईच्छाहुनेलाई घिउ सहित, चाहनेलाई महि पनि अनि ग्रँहक कसो नरमाउलान ?
गत कार्तिक २७ देखि किचेन टेष्ट शुरु भएको छ । पहिलो दिन तुलसीपुरका बैंकका प्रमुख र केहि व्यापारी, दोश्रोदिन प्रजातान्त्रिक उद्योग वाणिज्य संघका पदाधिकारी, त्यसपछि उद्योगवाणिज्य संघका पदाधिकारी, त्यसपछि पत्रकारहरु, उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु लगाएतलाई पालै पालो बोलाएर आतिथ्य दिईएको छ । उनिहरुले एक छाक किचन टेष्ट निशुल्क लिएका छन् । गिरीका अनुसार परिकारको स्तर, सुधार्नुपर्ने कुराहरु र गर्नुपर्ने व्यवस्थाहरुको सुझाव दिने गरेका छन् । ‘पछि ग्रँहक बाट गुणासो सुन्नु भन्दा पहिल्यै सजकता अपनाउनु ठिकलाग्यो’ बोलाउदै खुवाउदै किन गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा गिरीले भन्नुभयो, ‘राप्तिकै नमुन पर्यटकिय होटल बनाउन थोरतिनो तयारीले नपुग्दोरहेछ ।’
थपु थपु लाग्ने खाना तयार गर्ने गिरीको भनाई छ । अघाई सकेपछि पनि अटेम मटेसको पेट पनि बनाउने होईन । सरल तरीकाले आनन्द संग कतै गड्याङ गुडुङ पेट गुड्किने समस्या पनि आन्न । मुख मार्ने, अपचहुने, गोठापर्ने लगाएत कुनै किसीमका असजहता अफ्नो खानाले नल्याने गिरीले दावि गर्नुभयो । उहाका अनुसार अचारको मात्रा बढि हुन्छ । मेथि, टिमुर, दालचिनि, जिमु लगाएतका मसला हुन्छन् । अजिना मोटो लगाएत कुनै किसमको रसाईन मिसिदैन । घरमै आफैले पकाएको खादैछु भन्ने निर्धक्कता दिन्छ । त्यस संगै ठुला शहरमा बसेका खाएकालाई हिमाल र पहाडको अनुभुति दिन्छ । सधै उहि तरकारी, एकदिन मिठो अर्कोदिन नाक खुम्चाउने समस्या आन्न । एक पटक बसेको पर्यटक फेरी फेरी दोहोरीने वातावरण बन्छ । ‘यो रेष्टिङ पोईन्ट बनाउने हो’ गिरीले भन्नुभयो, ‘नाफाका लागि मरीमेट्ने र गलत उपाए खोज्ने होईन ।’