रुकुम, ५ मंसिर । रुकुमको रुकुमकोट–९ को रातापहरामा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकोछ । काक्रीबाट रुकुमकोटका लागि छुटेको बा १ ख ९६९१ नम्बरको मिनि ट्रक आइतबार बिहान दुर्घटना हुँदा मारोवाङ–३ कीसपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर बिकको ज्यान गएको हो ।
घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय रुकुमकोटको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । दुर्घटनाको कारण थाहा नभएको प्रहरीले जनाएको छ ।