तुलसीपुर,५ जेठ । तुलसीपुर नगर क्षेत्र भित्र निमार्ण हुने भनिएको चक्रपथ निमार्णको काम पुन शुरु हुने भएको छ । बिभिन्न कारणले रोकिएको सम्भाब्यता अध्यण तथा सहमति गराउन गठित समितिको बुधवार पुर्नगठन गरिएपछि पुन चक्रपथ निमार्णको कार्यले गति लिनेमा नगरवासीहरुले आशा गरेका छन । । यसैबिच बुधवार चक्रपथ व्यवस्थापन समितिको संयोजकमा निर्वतमान नगर प्रमुख ढुण्डीराज लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । तुलसीपुर नगरपालिका कार्यालयमा भएको सर्वपक्षिय भेलाले लामिछानेकोनेतृत्वमा ९ सदस्यीय नगर चक्रपथ व्यवस्थापन समितिको पुर्नगठन गरेको हो ।समितिको सह संयोजकमा राष्ट्रिय जनमोर्चाका भरत भण्डारी रहनुभएको छ ।