Indrenionline.com

जिप दुर्घटनामा दुर्इ जनाको ज्यान गयो

मकवानपुर, ४ मंसिर । मकवानपुरको भिमफेदी ८ जुरिखेतमा नीजि जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार एक जनाको घटनास्थलमा र अर्का एक जनाको भिमफेदी मेडिकलमा मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । घाइते रहेका ३ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रह्रीले जनाएको छ। प्रहरीका अनुसार बा ३ च ९२८९ नम्बरको जिप सडकबाट ५ मिटर तल खसेको थियो ।